भद्रपुर विमानस्थलमा कोरोना ‘हेल्थ डेस्क’ स्थापना

120
Shares

भद्रपुर, २२ फागुन । कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस सहायता कक्ष स्थापना गरिएको छ ।

भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *