कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : स्वास्थ्य राज्यमन्त्री रावत

184
Shares


अमरगढी, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुगेका राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *