मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई अप्रेसन थिएटरमा लगियो, अस्पतालमा ठूलो संख्यामा शुभचिन्तक

592
Shares

काठमाडौँ, २१ फागुन । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ । अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले विहान १० बजे प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरमा लगिएको जानकारी दिए ।

उनले अंगदाता महिलालाई भने प्रधानमन्त्री ओलीलाई भन्दा अघि नै अप्रेशन थिएटर लगेको जानकारी दिए ।

अस्पतालमा अहिले उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भुमिसुधार मन्त्री पद्मा अर्याल, पार्टी महासचिव विष्णु पौडेल लगायत छन् ।

अस्पताल परिसरमा भने ठूलो संख्यामा पार्टी कार्यकर्ता आफन्त तथा शुभचिन्तकहरु रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *