९० बर्षीय पिताको आशिर्वाद लिएपछि प्रधानमन्त्री ओलीको पाईला शिक्षण अस्पताल तर्फ (फोटो फिचर)

484
Shares

काठमाडौँ, १९ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ ।

शिक्षण अस्पताल तर्फ लाग्नु अघि उनी बालुवाटारमा रहेका आफ्ना ९० बर्षीय पिता मोहनप्रसाद ओलीको आशिर्वाद लिएका थिए । बयोबृद्ध पिता मोहनप्रसादले छोरालाई छिटो निको भएर आउनु भनि आशिर्वाद दिएका थिए ।

त्यसअघि उनको स्वास्थ्यअवस्था बुझ्न र स्वास्थ्यलाभको शुभकामना दिन उपराष्टपति नन्दबहादुर पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यस्तै पार्टी महासचिव विष्णु पौडेल तथा केही मन्त्री र उनका सहयोगी पनि बालुवाटारमा देखिन्थे ।

ओली बेलुकी करीब छ बजे त्रिवि शिक्षण अस्पताल तर्फ निस्केका थिए ।

हेरौँ फोटो फिचर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *