मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ, १९ फागुन । बुधबार मिर्गौला प्रत्यारोपण गर्ने योजना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी भर्खरै शिक्षण अस्पताल पुगेका हुन् ।

अस्पताल जानु अघि उनले भिडियो सन्देश दिदैँ आफ्नो स्वास्थ्यको बारेमा ढुक्क हुन आग्रह गरेका छन् ।

यसअघि दिउसो ओलीलाई मिर्गौला दिने उनकी भान्जी समिक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगिसकेकी छन् ।

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीका लागि एनेक्स वार्डको ६०१ नम्बर भिभिआईपी क्याविन ओलीका लागि तयार पारेको छ । उनी डिस्चार्ज नहुँदासम्म सोही क्याविनमा रहनेछन् ।

१२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको यो दोस्रोपटक प्रत्यारोपण हो । त्यसबेला उनले भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गराएका थिए । तर यसपटक भने उनले नेपालकै सरकारी अस्पताल रोजेका छन् । उनको प्रत्यारोपणका लागि चिकित्सक नर्स तथा अन्य प्यारामेडिक्स गरी एक दर्जन व्यक्ति प्रत्यक्ष रुपमा खटिनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *