प्रधानमन्त्री ओलीका लागि शिक्षण अस्पतालको ६०१ नं क्याविन छुट्याइयो

276
Shares

काठमाडौँ, १९ फागुन । बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याविन छुट्याइएको छ । अस्पताल स्रोतका अनुसार यो भिभिआईपी क्याविन हो ।

शिक्षण अस्पतालमा एनेक्स वार्डका ६०१ र ६०२ गरी दुईवटा क्याविन भिआईपीका लागि छुट्याइएको छ ।

प्रधानमन्त्री ओली केही बेरमै त्रिवि शिक्षण अस्पताल पुग्दैछन् । उनलाई आजै भर्ना गरिदैछ ।

बरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले ओलीको प्रत्यारोपण गर्नेछ । उनका लागि आफ्नो भान्जीले मिर्गौला दान गर्ने भएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *