चीनबाट उद्धार गरि ल्याइएका १७५ जनाकै कोरना रिपोर्ट नेगेटिभ, आजै क्वारेन्टाइन मुक्त हुँदै

380
Shares

काठमाडौँ, १९ फागुन । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको १४ दिन पछि दोस्रोपटक जाँच गरिएको थियो ।

सो जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई आजै क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ‘मैले भर्खरै रिपोर्ट पाँए । सबैको नेगेटिभ छ,’ उनले भने ।

क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत, प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल, प्रयोगशालाकी निर्देशक डा रुना झा लगायतको टोली अहिले खरिपाटी पुगेको छ ।

यसअघि उनीहरुलाई लिन गएको चालकदलका सदस्यहरु रिपोर्ट नेगेटिभ आएपछि हिजो नै क्वारेन्टाइन मुक्त भएका थिए । उनीहरुलाई नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *