यी हुन् स्वास्थ्य मन्त्री ढकालले ‘१०० दिनमा गरेँ’ भनि पेश गरेका ४६ बुँदा

1.4k
Shares

 

काठमाडौँ, १८ फागुन । मन्त्री भानुभक्तले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको १०० दिन नाघेको छ । त्यसअघि उनी कानून मन्त्री थिए ।  स्वास्थ्यमा आईसकेपछिको यो अवधीमा के के काम गरे ? आइतबार उनले पत्रकार सम्मेलन गरी विभिन्न विषयमा ४६ बुँदे उपलव्धी सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको उपलव्धीमा सेवा प्रवाह सम्वन्धी ९, अनुगमन सम्वन्धी ३, नीतिगत व्यवस्था तथा प्रणालीगत सुधार सम्बन्धी २२, अध्ययन अनुसन्धान सम्वन्धी २, कोरोना महामारी व्यवस्थापन सम्वन्धी ८ र अन्य २ गरी ४६ बुँदा छन् ।

‘यो बीचमा अझ धेरै काम गर्न सकिन्थ्यो जस्तो लाग्छ तर हामीबीचमा अनावश्यक रुपमा डिस्र्टव गर्न कोरोना भाइरसको झण्झट आइपुग्यो । विश्वव्यापी रुपमा फैलँदै गएको यो भाइरसले हाम्रो काममा पनि डिस्र्टव गरेको छ । पछिल्लो समय त हामी पुरै यसैमा केन्द्रीत छौँ,’ मन्त्री ढकालले उपलव्धी सार्वजनिक गर्ने क्रममा बताए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सचिव खगराज बराल, प्रमुख विशेषज्ञद्धय दीपेन्द्ररमण सिंह र डा रोशन पोखरेल, तीनवटै विभागका महानिर्देशकहरुको उपस्थिति थियो ।

मन्त्री ढकालले सार्वजनिक गरेको विवरण यस्तो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *