चीन र कोरियाबाट आएका तीन जनालाई राखियो टेकु अस्पतालको आइसोलेसनमा

काठमाडौँ, १८ फागुन । कोरोनाको आशंकामा टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा आज तीन जनालाई भर्ना गरिएको छ । भर्ना भएकामध्ये दुई जना नेपाली र एक जना चिनियाँ नागरिक हुन् ।

अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाका अनुसार भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति हुन् ।  दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केश हो ।

‘त्यस्तो आत्तिनु पर्ने अवस्था त होइन । उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौँ ,’ प्रवक्ता बास्तोलाले भने ।

अस्पतालमा राखिएका तिनै जना पुरुष हुन् । र उनीहरु एयरपोर्टबाट सम्पेक्ट गरेर पठाइएको पनि होईन । ‘घरमै बस्दा ज्वरोआएपछि उहाँहरु हाम्रो सम्पर्कमा आउनु भएको हो । हामीले चेकजाँचका लागि आइसोलेसनमा राखेका हौँ,’ डा बास्तोलाले स्पष्ट पारे ।

चीनमा ३० डिसेम्बरमा पहिलो पटक नयाँ कोरोना देखिएको थियो । नेपालमा भने कोरोनाको आशंकामा चीनबाट फर्केका एक युवा १३ जनवरीका दिन टेकु अस्पताल पुगेका थिए ।

त्यसबेला नेपालमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था थिएन । उक्त युवाको नमूना परीक्षण गर्न हंङकङ पठाइएको थियो । २३ जनवरीमा हङकङबाट रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो तर उक्त युवा भने अस्पतालबाट डिस्चार्ज भईसकेका थिए । त्यसयता चीनबाट ल्याइएका १७५ जना सहित करीब २५० बढीको कोरोना टेष्ट गरिसकिएको छ । तर अहिलेसम्म ती सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोनाको प्रकोप अहिले चीनमा घटदै जाँदा बाँकी विश्वमा भने तिब्रगतिमा बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *