न्युरो सर्जरी सम्वन्धी सीएमई सौराहामा सम्पन्न

640
Shares

चितवन,  १७ फागुन । न्युरोसर्जन हरुको संस्था नेप्लीज सोसाइटी अफ न्युरोसर्जन्स (नेसोन)ले हरेक महिना गर्दै आएको सीएमई यसपटक चितवनको सौराहमा सम्पन्न भएको छ ।

यसपटकको सीएममी कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)को न्यूरो सर्जरी विभागले आयोजना गरेको हो । सीएमईमा देशभरका करीब ४० जना न्युरो सर्जनहरुको उपस्थिति थियो ।

कार्यक्रमको प्रमुख अतिथि बनेका बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले न्युरो सर्जरीमा प्रयोग गर्न आफैले तयार पारेको उपकरणको डेमोस्ट्रेसन गर्दै प्रयोग गर्ने विधि सिकाएका थिए । उनले सो उपकरण आयोजक संस्थाका अध्यक्ष डा विनोद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अध्यक्षता गरेका नेसोनका केन्द्रीय अध्यक्ष एवं बरिष्ठ न्युरो सर्जन डा कृष्ण शर्माले चिकित्सा क्षेत्रमा अझ न्यूरो सर्जरी विधामा देखिएका समस्या तथा विकास भएका नयाँ प्रविधि बारेमा प्रकाश पारेका थिए ।

सो सीएमईमा डा विनोद भट्टराई , डा सुनिल मुनाकोमी डा विष्णु सिग्देल, डा के आई सिंह लगायतले प्रस्तुतिकरण राखेका थिए ।
नेसनका सचिव डा राजीव शाह ले कन्फरेन्स को बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा पुरानो मेडिकल कलेजका निमित्त निर्देशक डा राजेश यादव ले अतिथि हरुलाई स्वागत गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *