बाह्रौँ तहमा बढुवा भएका प्रमुख विशेषज्ञलाई यसरी बाँडियो जिम्मेवारी

काठमाडौँ, १६ फागुन । गत सोमबार १२ औँ तहमा बढुवा भएका स्वास्थ्य मन्त्रालयका तीन जना विशिष्ठ श्रेणीका कर्मचारी (प्रमुख विशेषज्ञ)को पदस्थापन तथा जिम्मेवारी बाँडफाँड भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको पदस्थापन तथा जिम्मेवारी बाँडफाँड गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पदस्थापन गरिएको छ । उनलाई गत ८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो । १२ औँ तहको सो पदमा आजको निर्णयले पूर्ण जिम्मेवारी पाएका छन् ।

यस्तै डा दिपेन्द्र रमण सिंहलाई नीति योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा र स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन एकाई हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

अर्का प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई स्वास्थ्य समन्वय महाशाखा र जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा हेर्ने गरी पदस्थापन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *