स्वास्थ्य व्यवसायी परिषद र फार्मेसी परिषदका नव नियुक्त रजिष्ट्रारद्धारा पदवहाली

504
Shares

काठमाडौँ, १५ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल फार्मेसी परिषदका नवनियुक्त रजिष्ट्रारले पदवहाली गरेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले बुधबार अपरान्ह बाँसबारीस्थित कार्यालय पुगेर पदवहाली गरेका हुन् । यता फार्मेसी परिषद्का रजिष्ट्रार संजीव पाण्डेले विहीबार विहान विजुलीबजारस्थित कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

पदवहालीका अवसरमा दुबैजना रजिष्ट्रारले सहज सेवा उपलव्ध गराउने आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका थिए । उनीहरुले आफ्ना परिषदमा देखिएका कमीकमजोरीलाई हटाउने र सुधारको प्रक्रिया थालनी गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुईवटा संस्थामा रिक्त रजिष्ट्रार पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *