नेपाल नेशनल अस्पतालले सञ्चालनमा ल्यायो कृतिम गर्भाधारण केन्द्र

काठमाडौँ, १४ फागुन । कलंकीस्थित नेपाल नेशनल अस्पतालले कृतिम गर्भाधारण केन्द्र (आईभीएफ सेन्टर) सञ्चालनमा ल्याएको छ । नि:सन्तानको समस्या भोगिरहेका दम्पत्तीलाई सेवा दिने उद्धेश्यले आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आईभीएफ सेन्टरको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले निसन्तान दम्पत्तिका लागि यस्ता केन्द्र बरदान सावित हुने बताए । उनले यो सेवा आम सर्वसाधारणको पहुँचमा पनि हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा भोला रिजाल लगायतका स्वास्थ्य क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।

नेपालमा पहिलो पटक आईभीएफ सेवा भित्र्याएका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा रिजालले सुरुवातका चुनौती र अहिलेको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

अस्प्तालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले अस्पतालको सेवा विस्तार गर्ने क्रममा आईभीएफ सेवा सञ्चालन शुरु गरेको बताए । उनले सेवा विस्तार कै क्रममा यसअघि नै हेमोडायलासिस, बाथरोग उपचार तथा टेलिमेडिसिन सेवा सुरु गरिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *