इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण !


तेहरान, १३ फागुन । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।”

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पु¥याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।   रासस/ एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *