कोरोनाभाइरसको संक्रमण ३६ देशमा पुग्यो, २७०० को ज्यान गयो

काठमाडौँ, १३ फागुन । करीब दुई महिना अघि चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा देखा परेको कोरोना भाइरस (कोभिड – १९)को संक्रमण ३६ देशमा पुगेको छ । मंगलबार विहानको तथ्यांक अनुसार यो भाइरसबाट अहिलेसम्म २७०० जनाको मृत्यु भएको छ ।

यस्तै ८० हजार १३० जनामा संक्रमण भएको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोभिड – १९ को संक्रमणले एसियासंगै अफ्रिका, उत्तर अमेरिका, युरोप र अष्ट्रेलिया महादेशलाई छोइसकेको छ ।

मृत्यु र संक्रमणदर चीन र त्यसमा पनि हुवेई प्रान्तमा सबैभन्दा बढी छ । त्यसपछि सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । तर मृत्यु बढी भएको भने इरान हो । त्यहाँ ४७ जनामा संक्रमण देखिदा १४ जनाको मृत्यु भईसकेको छ । दक्षिण कोरियामा भने अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।

संक्रमणको कुरा गर्दा दक्षिण कोरियापछि सबैभन्दा धेरै जापानी तटमा रहेको डायमण्ड प्रिन्सेज नाम दिइएको पानी जहाजमा देखिएको छ । त्यहाँ अहिलेसम्म ६९१ जनामा संक्रमण र ४ जनाको मृत्यु भएको छ ।

यो भाइरसको संक्रमण सार्क मुलुकका नेपाल भारत, श्रीलंका, अफगानिस्थानमा पनि देखिएको थियो तर कसैको पनि मृत्यु भएको छैन् ।

अहिलेसम्म कुन देशमा कति संक्रमण कति मृत्यु ?

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *