गैर चिकित्सक स्वास्थ्य विभागको महानिर्देशक हुनु हुन्न भन्ने चिकित्सक संघको विज्ञप्ती र वास्तविकता

– बसन्त अधिकारी (abasant99@gmail.com)

गत ८ फागुनको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट महेन्द्रप्रसाद श्रेष्ठ स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनेका छन् । तर निर्णयको नेपाल चिकित्सक संघले विज्ञप्ती नै जारी गरि विरोध गरेको छ ।

गैर चिकित्सक विभागको महानिर्देशक भयो भनेर उसले विरोध गरेको हो । उसको विज्ञप्तीमा स्वास्थ्य सेवाको नेतृत्व तहमा चिकित्सक बाहेकका कुनै पनि समूहका स्वास्थ्यकर्मीहरु पुग्नु हुँदैन र पुगिहालेमा त्यो स्वीकार्य छैन् भन्ने स्पष्ट धारणा बनाएको देखिन्छ ।

नेपालको  स्वास्थ्य सेवामा चिकित्सक लगायत जनस्वास्थ्य, नर्सिङ, प्रयोगशाला, फार्मेसी, रेडियोग्राफी, स्वास्थ्य सहायक, आयुर्वेद लगायतका व्यवसायी (Profession) हरुको महत्वपूर्ण योगदान रहेको छ । सम्पूर्ण व्यवसायीहरुको संयुक्त प्रयासबाट नेपालले जनस्वास्थ्य तथा उपचारात्मक क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको हो ।

अब अहिले संघीय संरचनामा सरकारका तीनवटै तहहरु समन्वयात्मक ढंगले संचालन भई स्वास्थ्यको उपलब्धि हासिल गर्नको लागि यी सम्पूर्ण स्वास्थ्य व्यवसायीहरुको एकीकृत योगदानको महत्व झनै बढी हुन्छ ।

नेपालको संविधानमा उल्लेख भएको स्वास्थ्य अधिकारलाई कार्यन्वयनका लागि बनेको स्वास्थ्य नीति २०७५ ले संघीय संरचनाका सबै तहमा सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास गरी नागरिकहरुको पहुँच विस्तार गर्ने लक्ष्य लिएको पाइन्छ ।

उक्त उद्देश्य हाशिल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले स्वास्थ्य नीति योजना तयार गरी कार्यन्वयन गर्ने, सबै स्वास्थ्य व्यवसायीका स्वास्थ्यकर्मीहरु परिचालन गर्ने, औषधि, साधन, उपकरणको खरिद तथा व्यवस्थापन गर्ने, विभिन्न निकयाहरुसंग समन्वय गर्ने, महामारी नियन्त्रण लगायतका कार्यहरु गरी जनस्वास्थ तथा उपचारात्मक सेवा मार्फत जनताको स्वस्थ अधिकारलाई सुनिश्चित गरिने कुरा स्वास्थ्य सेवा विभागको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

उपरोक्त क्रियाकलापहरु कार्यन्वयन गर्ने नेतृत्वमा गैरचिकित्सक उपयुक्त नहुने भन्ने संघको तर्क युक्तिसम्मत देखिदैन ।

विद्यमान स्वास्थ्य तथा निजामती सेवा ऐनले स्वास्थ्य सेवाको सबै विधाको वरिष्ठ स्वास्थ्यकर्मीहरुको पदसोपन अनुसार नेतृत्वदायी पदमा जान पाउने प्रावधान गरेको छ ।

स्वास्थ्य सेवा ऐन २०५५ ले प्राविधिक, व्यवस्थापकीय तथा संचार सीप भएका वरिष्ठ स्वास्थ्य व्यवसायी मध्येबाट स्वास्थ्य सेवा विभागको महानिर्देशक पद कानूनी रुपमा सम्पूर्ण विधाका स्वास्थ्य व्यवसायीहरुलाई खुला गरेको छ । निजामती सेवामा हेर्ने हो भने सम्पूर्ण सहसचिब देखिको व्यवस्थापकीय पदहरुलाई नै समुहकृत नगरी सबैले नेतृत्व गर्न सक्ने गरी खुला गरेको पाइन्छ ।

यसै सन्दर्भमा नेपाल चिकित्सक संघले बिज्ञप्ति मार्फत गैरचिकित्सक्लाई स्वास्थ्य सेवाको विभागको महानिर्देशकमा नियुक्त गरिनु उपयुक्त नहुने भन्ने तर्क उपयुक्त देखिदैन ।

संघलाई चिकित्सकको हक हितमा कार्य गर्ने नैतिक दायित्व अवश्य छ तर उक्त विज्ञप्तिले स्वास्थ्य विधाका अन्य स्वास्थ्य व्यावसायीको योगदान तथा क्षमताको अवमुल्यन गरेको छ ।

कुनै एक विधाको बरिष्ठतम स्वास्थ्य व्यवसायीले स्वास्थ्य सेवा विभागको नेतृत्व गर्दा अन्य विधाका स्वास्थ्य व्यवसायी हतोत्सायी हुने भन्ने कुरा तथ्यसम्मत पनि छैन् । अत नेपाल चिकित्सक संघले उक्त बिज्ञप्ति समयमा नै सच्याई सम्पूर्ण विधाका स्वास्थ्य व्यावसायीहरुको सम्मान गर्न उपयुक्त हुनेछ ।

# अधिकारी जनस्वास्थ्यकर्मी हुन् ।

यो पनि पढ्नुहोस्…….

गैरचिकित्सकलाई स्वास्थ्य विभागको महानिर्देशक बनाएको भन्दै एनएमएको आपत्ति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “गैर चिकित्सक स्वास्थ्य विभागको महानिर्देशक हुनु हुन्न भन्ने चिकित्सक संघको विज्ञप्ती र वास्तविकता

  1. जनस्वास्थ्य को अर्थ मेरो बुझाइमा जनताको को सकारात्मक स्वास्थ्यको लागि गरिने तमाम साना ठुला काम (कार्यक्रम, दिवस, सिकाउने, खुवाउने, बन्द, समर्थन, बिबाद …..) हुन् । यी काम कुनै खास बिषयको अध्ययन बिना गर्न सकिन्न भन्ने होइन। नेपालमा सबै भन्दा सम्मानित र सफल जनस्वास्थ्यकर्मि म. स्वा. स्व. से. हुन, मेरा । के पढेका छन् म. स्वा. स्व. से. ले? जस्ले आम जनताको हितमा स्वास्थ्यको सकारात्मक परिबर्तनको लागि काम गर्छ त्यो जनस्वास्थ्य हो। जनस्वास्थ्य भनेको मान्छेलाइ स्वस्थ जन्म दिएर मर्नेबेला पनि सजिले संग मर्न,दुखाइ रहित मृत्यु सिकाउने क्षेत्र हो जस्तो लाग्छ। यसको दायरा विशाल छ। तर यसैको स्नातोकत्तर बिषय चाहिँ किन स्वास्थ्य बिज्ञानको स्नातकले मात्र पढ्ने पाउने, अझ इन्ट्रान्स नै भिड्न नपाउने ? विश्वमा कहि नभा’को जात्रा नेपालमा NHPC को रजिष्टार तपाइ हुदा नै आएको होइन यो ?
    मै सर्बोत्तम भन्ने एउटाले अर्कालाइ सिकाउने नैतिकता रहन्छ ?
    यो प्रबृत्ती तपाइहरुमा नि छ, यसमा चिकित्सकको एकाधीकार छ भन्ने चाहिँ नसोच्नु होला।

  2. Any one can be those who are eligible but not only physician other health workers also all are health workers with equal right if physician do not accpept why other health workers accept physician leadership

Leave a Reply

Your email address will not be published. Required fields are marked *