नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीमा नयाँ कार्यसमिति

बुटवल, १२ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।

अधिवेशनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा भिष्म केसी, सचिवमा उदयराज भट्टराई, प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिंह, दीपेन्द्र भण्डारी र सदस्यहरूमा क्रमशः आकाश पन्त,अर्जुनप्रसाद पौडेल,हरिप्रसाद ज्ञावाली,जानकी नेपाल,कमल बहादुर थापा मगर, युवराज बन्जाडे र भगवती अर्याल चयन भएका छन् ।

सो साधारण सभा तथा अधिवेशनलाई शुभकामना दिन प्रदेश नं ५ का सांसद एवं अर्थ पर्यटन र उद्योग समिति सभापति दधिराम न्यौपाने पुगेका थिए । यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य विशिष्ठ अतिथिको रुपमा त्यहाँ पुगेका थिए ।

यस्तै बालरोग बिशेषज्ञ डा. सन्तोष पोखरेल, रोटरी क्लब अफ तिनाउका संस्थापक अध्यक्ष देवी वाग्ले, रक्त सञ्चार सेवा बुटवलका गोपाल प्रसाद ढकाल र लायन्स क्लब डिष्ट्रिक २ नेपालका आम्बेस्डर अफ गभर्नर कपिल आचार्यको समेत उपस्थिति थियो ।

सो अवसरमा स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखालाई सहयोग गर्ने बिक्रम साहानी र जगदीश प्रसाद श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा रगत संसार नामक पत्रिका प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरूद्वारा सामुहिकरूपले लोकार्पण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *