एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा डा. रमेश खरेल, तालिम केन्द्रमा डा. घिमिरे

काठमाडौँ, ८ फागुन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा रमेश खरेलले पाएका छन् । उनी यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए ।

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै खरेललाई नयाँ जिम्मेवारी दिएका हुन् । यौनरोग नियन्त्रण केन्द्रमा यसअघि निर्देशक रहेका डा अनुज भट्टचनलाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिईएको छ ।

यस्तै राष्ट्रिय तालिम केन्द्रको निर्देशकको जिम्मेवारी डा यदुचन्द्र घिमिरेले पाएका छन् । यसअघि तालिम केन्द्रमा निर्देशक रहेका मोहम्मद दाउदलाई घिमिरेले यसअघि सम्हालेको भीभीडीआरडीको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चुडामणी भण्डारीले पाएका छन् । यता मन्त्रालयको जनसंख्या महाशाखाको प्रमुखको रुपमा इन्द्रमणि पोखरेललाई पठाइएको स्रोतले जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *