कान्ति अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल, ट्रमामा डा. सन्तोष, सरुवा रोग अस्पतालका निर्देशक डा. पाण्डे इडीसीडीमा

काठमाडौँ, ८ फागुन । कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले पाएका छन् । अहिलेसम्म सो अस्पतालको निर्देशक डा आरपी विच्छा थिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै पौडेललाइ सो जिम्मेवारी दिएका हुन् । डा बिच्चालाई पनि सोही अस्पतालमै राखिएको छ ।

पौडेल कान्ति अस्पतालका सबैभन्दा बरिष्ठ चिकित्सक हुन् ।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरकोे निमित्त मेडिकल सुपरीटेन्डेन डा सन्तोष पौडेल भएका छन् ।

यता टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक रहेका डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिइएको छ ।

त्यहाँका निर्देशक डा विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशन डा सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक बनाइएको छ ।

यस्तै डा रविन खड्कालाई वीर अस्पतालमा ल्याइएको छ । कोशी अस्पतालको मेसु डा चुमनलाल दाशलाई दिइएको छ । भेरी अस्पतालको मेसु डा प्रकाश थापालाई दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *