प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या, एन्जीयोग्राफी गरियो
काठमाडौँ, ६ फागुन । काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखा परेको छ । उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । ‘अहिले उहाँको मुटुको एन्जीयोग्राफी गरिएको छ । यो सामान्य हो,’ बरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमीले भने ।
प्रधानमन्त्री आज विहानै देखि नै व्यस्त थिए । आज विहान चिकित्सा शिक्षा आयोगको बैठक थियो । त्यहाँ उनले ३ घण्टा विताएका थिए । ‘बैठक भर बस्नु भयो । सबैको कुरा सुन्नु भयो र आफ्ना धारणा समेत राख्नु भएको थियो,’ आयोगका सदस्य सचिव डा हरि लम्सालले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



