खरिपाटी क्वारेन्टाइनमा रहेका १७५ जनाको ‘थ्रोट स्वाब’ परीक्षणका लागि प्रयोगशालामा

604
Shares
थ्रोटस्वाब लिन तयारी अवस्थामा रहेका ९ जना ल्याव टेक्निसियन

भक्तपुर, ४ फागुन । चीनको वुहानबाट आज विहान हवाईउद्धार गरी ल्याइएका १७५ जनाको खकारको स्याम्पल (थ्रोट स्वाब) लिइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट डा रन्जित साहको नेतृत्वमा खटिएको ९ जनाको टोलीले उनीहरुको थ्रोट स्वाब लिएको हो ।

उनीहरुको स्याम्पल आजै जन स्वास्थ्य प्रयोगशालामा पठाइएको छ । तर यसको रिपोर्ट आउन २ ३ लाग्ने बताइएको छ । ठूलो परिमाणमा स्याम्पल आएको र रिपोर्ट एकैपटक दिनु पर्ने भएकोले समय लाग्ने प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन ।
‘गम्भीर संक्रमणसम्बन्धी परीक्षणलाई संवेदनशील रूपमा लिएर काम गर्नुपर्छ,’ निर्देशक डा. झाले भनिन्, ‘बुधबारसम्म सबैको रिपोर्ट दिने गरी परीक्षण अघि बढाएका छौँ ।’

कोरोना भाइरसको केन्द्रविन्दु तथा सबैभन्दा बढी प्रभावित क्षेत्र हुवेईप्रान्तको वुहानमा फसेका नेपाली आइतबार बिहान ३.३८ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरू कसैमा समस्या नदेखिएपछि क्वारेन्टाइनस्थत खरिपाटी लगिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *