नेपाल जनस्वास्थ्य संघ(नेफा) गण्डकी प्रदेशको साधारण सभा सम्पन्न

पोखरा, ४ फागुन । जनसवस्थ्यकर्मीहरुको पेशागत संगठन नेपाल पव्लिक हेल्थ एसोसिएनशन (नेफा) गण्डकी प्रदेशको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । गत वर्ष २१ पुसमा गठन भएको यो संस्थाले विशेषत पेशागत हक हितका विषयमा आवाज उठाउने गरेको छ ।

शनिबार साधारण सभामा प्रदेशका जनस्वास्थ्यकर्मी, जनस्वास्थ्यविज्ञ तथा विद्यार्थी गरी करीब १२० जनाको सहभागिता थियो ।

यसैबीच साधारण सभामा प्रमुख अतिथि बनेका प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक एवं नेफा गण्डकी प्रदेशका सल्लाहकार खिमबहादुर खड्काले जनस्वास्थ्यकर्मी सबैले आफ्नो बिशेष सीप र दक्षताको अभिवृद्धि गर्दै नयाँ नयाँ सोच र कृयाकलाप मार्फत बिकास बजारमा आफुलाई बिक्रीयोग्य जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताए ।

नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले आगामी बर्ष नेफाको गतिविधिमा थप सुधार हुँदै जाने दावि गरे ।

कार्यक्रममा जनस्वास्थ्यकर्मी सगुन पौडेलले पोखरा विश्वविद्यालयसंग समन्वय गरी नेफाले कन्टिन्युअस पव्लिक हेल्थ एजुकेशनका सेसनहरु शुरु गर्नुपर्ने सुझाव दिए । उनले जनस्वास्थ्यमा अध्ययनरत विद्यार्थीलाई समेटदै लैजानुपर्ने समेत बताए ।

कार्यक्रममा सह प्राध्यापक दिपेन्द्र कुमार यादब, बिष्णु सुबेदी, दिपकशर्मा, राजेश यादव, ध्रुब खत्री लगायतले जनस्वास्थ्य संघ गण्डकी प्रदेशले भावि दिनमा चाल्नुपनेृ कदमका बारेमा सल्लाह सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *