नेपालीलाई ल्याउन चीनको वुहान तर्फ उड्यो विमान

काठमाडौँ, ३ फागुन । नेपालीलाई लिन नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान चीनको हुवेई प्रान्तमा पर्ने वुहानतर्फ उडेको छ । अपरान्ह ४ बजे विमान वुहान तर्फ उडेको हो ।

विमानमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना स्वास्थ्यकर्मी र एकरएक जना इन्जिनियर र लोडमास्टर छन्।

विमानले कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुवेई प्रान्तमा रहेका १८५ जना नेपालीलाई भोलि विहान सबेरै ल्याउने तालिका छ ।

नेपाल आउनु अघि उनीहरुको वुहानमा रहेको विमानस्थलमा स्वास्थ्य परीक्षण हुनेछ । चिनियाँ स्वास्थ्यकर्मीहरुले त्यहाँ स्वस्थ भएकालाई मात्रै नेपाल आउन दिनेछन् ।

नेपाल आाइसकेपछि उनीहरुको एयरपोर्टमा तयार गरिएको हेल्थ डेस्कमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरी स्वस्थ देखिएकालाई कम्तीमा दुई साता सम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । स्वास्थ्यमा समस्या देखिएकाहरुलाई सिधै तोकिएका अस्पताल लगिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *