टेकु अस्पतालबाट फरार बिरामीबारे के गर्दैछ सरकार ?

काठमाडौँ, २९ माघ । चीन हुँदै नेपाल छिरेका दुई जना साउदी अरेवियाका नागरिक गत गत सोमबार दिउसो टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए ।

ती मध्ये एकजना रुघा, खोकी र ज्वरोले ग्रस्त थिए । ती ग्रस्त विरामीको हिस्ट्री र सामान्य परीक्षण पछि चिकित्सकले कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गर्ने निर्णय गरे ।

चिकित्सकले दुबै जना एकै ठाँउबाट चीनको बाटो हुँदै आएको र एउटा संकास्पद देखिएपछि अर्कोमा पनि त्यसको संक्रमण हुनसक्ने भन्दै संगै आएका बिरामीका साथीलाई पनि आइसोलेसन वार्डमा रहन भने । त्यसबेला उनले आइसोलेसन वार्डमा नबस्ने बताइरहेका थिए । र त्यसबीचमै उनी चिकित्सक र साथीको आँखा छलेर लापत्ता भए ।

संगै आएको एक जना आइसोलेसनमा अर्को लापत्ता भएपछि टेकु अस्पतालले तत्काल मन्त्रालयलाई खबर गरयो । त्यस लगत्तै अध्यागमन, परराष्ट्र, सुरक्षा निकाय सहित साउदी दुतावासलाई समेत जानकारी गराइयो तर अहिलेसम्म उनको पत्तो लागेको छैन् ।

टेकु अस्पतालका प्रवक्ता डा अनुप बास्तोला भन्छन्, ‘फरार हुने व्यक्तिमा खासै समस्या त देखिएको थिएन तर चीनको बाटो प्रयोग गरेर संगै आएको एउटा आइसोलेसनमा राख्ने र अर्कोलाई त्यत्तिकै छाडन मिलेन, त्यसैले उनलाई पनि भर्ना गरी हेरौँ भनेका थियौँ तर उनी भागि हालेछन् । त्यसपछि हामीले सबैतिर सर्कुलर गरेका हौँ ।’

यसैबीच संकास्पद भनिएका ती साउदीका नागरिकमा कोरोनाको संक्रमण नदेखिएपछि मंगलबार नै उनी डिस्चार्ज भइसकेका छन् । डा बास्तोला भन्छन्, ‘हामीले सोमबार नै परीक्षणका लागि थ्रोट जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौँ हिजो नै रिपोर्ट आयो र नेगेटिभ देखियो । र उनी डिस्चार्ज पनि भइसके ।’

उनले साथीको नेगेटिभ रिपोर्ट आएपछि भगौडाको सम्भावित डर हटेको बताए । ‘साथीमा देखिएन यसले हामीले त्यो लापत्ता भएको व्यक्तिमा पनि संक्रमण छैन् भनेर अनुमान गर्न सक्ने भयौँ,’उनले भने ।

टेकुको आइसोलेसन वार्डमा ३ जना भर्ना
टेकुको आइसोलेसन वार्डमा अहिले तीन जना कोरोना संकास्पद विरामी छन् । तीनमध्ये दुई जना नेपाली हुन भने एक जना चिनियाँ नागरिक । ती सबै चीनबाट आएका हुन् ।

‘एक जना चिनियाँ र नेपाली हिजो भर्ना भएको हो । एक जना नेपाली आज दिउसो । रुघा खोकी र ज्वरो आएको र उनीहरु चीनबाट आएको भएपछि हामीले आइसोलेसन वार्डमा भर्ना गरेका हौँ । परीक्षणका लागि थ्रोटस्वाव प्रयोगशाला पठाएका छौँ । रिपोर्ट आएपछि मात्रै के भएको हो भन्ने भन्न सकिने भयो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *