सामाजिक विकास मन्त्रालयमा छुट्टै स्तनपान कक्ष

264
Shares


कैलाली, २९ माघ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ ।

मन्त्रालयको मूल भवनको माथिल्लो तल्लाको एक कोठामा आरामदायी सुविधायुक्त स्तनपान कक्षको स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । झण्डै रु दुई लाखको लगानीमा स्थापना गरिएको कक्षमा दुई श्ययासँगै एकैपटक दुईजनासम्मले स्तनपान गराउन सकिने व्यवस्था छ । त्यस्तै कक्षमा बालबालिकाका लागि खेल्न विभिन्न सामग्री पनि राखिएका छन् ।

स्तनपान कक्षको निर्माणसँगै बच्चासहित विभिन्न कामका लागि मन्त्रालय पुग्ने महिला सेवाग्राही तथा मन्त्रालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका कार्यरत महिला कर्मचारीलाई सहज हुने सूचना अधिकारी खड्काको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *