नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा. प्रदीप ज्ञवाली नियुक्त

3.6k
Shares

काठमाडौँ, २८ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकार सहित सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक डा ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका व्यक्ति हुन् ।

परिषद्को सदस्यसचिव पद करीब १ बर्ष देखि रिक्त थियो ।

परिषदमा अध्यक्ष र सदस्य सचिव पद स्वास्थ्य मन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्ती गर्ने व्यवस्था छ । परिषदको अध्यक्ष भने प्राडा अञ्जनीकुमार झा छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *