न्याम्सको कार्यकारी परिषदको सदस्यमा डा. सन्तोष पौडेल नियुक्त
काठमाडौँ, २७ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा रिक्त कार्यकारी परिषदको सदस्य पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन् ।
न्याम्सका उपकुलपति प्राडा डीएन साहको सिफारिसमा डा पौडेललाई सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सदस्य पदमा नियुक्त गरेका हुन् ।
न्याम्सको कार्यक्रम तथा योजना सञ्चालन गर्न कार्यकारी परिषद्ले निर्णय गर्नुपर्छ । कुल छ सदस्यीय परिषदमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन र वीर अस्पतालको निर्देशक पदेन हुने प्रावधान छ । एक जना सदस्य पद भने नियुक्ति हुने व्यवस्था छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



