अध्यक्ष, उपाध्यक्षसहित चार पदाधिकारी र एक सदस्य पदमा लोकतान्त्रिक समूहका उम्मेद्धार विजयी

  • काठमाडौँ, २७ माघ ।  नेपाल चिकित्सक संघको गत २१ माघमा सम्पन्न निर्वाचनको मतगणना दुई दिन ढिला गरी शुरु भयो । अहिलेसम्म ५ हजार २८५ मत गणना भएको छ । निर्वाचनमा कुल ६ हजार १५२ भोट खसेको थियो । तर ८६७ भोट गणना नहुँदै कतिपय उम्मेद्धारहरुले जीत निश्चित गरेका छन् ।

जीत निश्चित भएका लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा लोचन कार्की छन् । जीतका लागि कुल मतदानको ५० प्रतिशत भन्दा बढी अर्थात ३ हजार ७७ मत ल्याए पुग्छ तर डा कार्कीले ५ हजार २८५ मत गणना गर्दा ३ हजार ५२२ मत ल्याइसकेका छन् । उनका प्रतिद्धन्दी पेशागत समावेशी समूहका उम्मेद्धार डा पुष्पमणि खरालको १ हजार ७०८ मत आएको छ । डा खरालले डा कार्कीलाई जीत सुनिश्चित भएको भन्दै बधाईसमेत दिईसकेका छन् ।

यस्तै लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेद्धार डा अनिलबिक्रम कार्कीले पनि जीत सुनिश्चित गरिसकेका छन् । उनले ३ हजार ४१९ मत ल्याएर जीत निश्चित गरेका हुन् । उनका प्रतिद्धन्दी डा रञ्जीतकुमार झाले १ हजार ६६१ मत ल्याएका छन् ।

यस्तै लोकतान्त्रिक समूहबाट सहसचिवका उम्मेद्धार बनेका डा निजरकुमार सिंहले पनि जीत सुनिश्चित गरेका छन् । उनले अहिलेसम्म ३ हजार २८८ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी डा शैलेन्द्र झा ले १ हजार ६११ मत ल्याएका छन् ।

यसैगरी लोकतान्त्रिक समूहबाट सहकोषाध्यक्षका उम्मेद्धार डा विश्वराज दवाडीले पनि जीत निश्चित गरेका छन् । उनले अहिलेसम्म ३ हजार ३५० मत ल्याईसकेका छन् । उनका प्रतिद्धन्दी पेशागत समावेशी समूहका डा उदयनारायण सिंहले १ हजार ७०१ मत ल्याएका छन् ।

यस्तै लोकतान्त्रिकबाट सदस्यका उम्मेद्धार बनेका डा रितेश थापाले पनि जीत सुनिश्चित गरिसकेका छन् । उनले अहिलेसम्म ३ हजार १६८ मत ल्याईसकेका छन् ।

सदस्यको एक पद बाहेक सबै पदमा लोकतान्त्रिक उम्मेद्धार जीत उन्मुख
जीत निश्चिन भएका बाहेक बाँकी पदमा पनि लोकतान्त्रिक समूहका उम्मेद्धार नै अघि देखिएका छन् । तर एउटा सदस्य पदमा भने अहिले पेशागत समावेशी समूहका उम्मेद्धार केही मतले अघि देखिएका छन् । अहिलेसम्म पेशागत समावेशी समूहबाट सदस्यका उम्मेद्धार डा लिजन महर्जनले सदस्य पदमा बढी भोट ल्याउने पाँचौ नम्बरमा अटाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *