स्वास्थ्यको समायोजन तीन दिन भित्र सकिने !

काठमाडौँ, २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन काम अबको तीन दिन भित्र सक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कडा निर्देशन पछि कर्मचारी समायोजन अन्तरगर्त गठन भएको गुनासो व्यवस्थापन एवं सहजीकरण समितिले माघ मसान्त भित्र समायोजनको काम टुंग्याउने योजनाको साथ काम भएको जनाएको छ ।

गत असार देखि शुरु भएको स्वास्थ्यको कर्मचारी समायोजन एक पछि अर्को गर्दै लफडामा फस्दै गएको थियो । समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले अहिले पनि झण्डै ४ हजार कर्मचारीको समायोजन मिल्न बाँकी रहेको बताए ।

तर मन्त्री ढकालले समायोजनको बहानामा स्वास्थ्य सेवा प्रवाहमा अफ्टेरो परेको र नयाँ योजना अघि बढाउन समेत गाह्रो भएको भन्दै समायोजनको काम तत्काल टुंग्याउन कडा निर्देशन दिएका थिए । ‘मन्त्री ज्यूले माघ मसान्त भित्र समायोजन सक्न निर्देशन दिनुभएको छ । हामीले त्यहि रफ्तारमा काम गरेका छौँ । तोकिएकै समयमा समायोजन सकिएको घोषणा गर्ने हाम्रो योजना छ,’ श्रेष्ठले भने ।

उनले समायोजनमा नमिलेका भनिएका ४ हजार मध्ये करीब १ हजार पद घटुवाहरु कानूनी रुपमा मिलेर आउने, अरु नमिलेका करीब १ हजार जतिको मिलाइएको र बाँकी दुई हजारको बारेमा काम हुँदै गरेको बताए ।

समायोजनको काम पहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएको थियो । तर उसले झनै विगारेपछि यो काम अहिले स्वास्थ्य आफैले गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यको समायोजन तीन दिन भित्र सकिने !

  1. हजुरले भन्नु भएको 3दिन त सकियो तर समायोजन को लिस्ट आएन परिवार र कर्मचारी लाई मानसिक तनाव अति भयो 1हप्तामा सकिन्छ ।3दिन मा सकिन्छ भन्दै आस दिखाए र मन्त्रालय को web site hearda hearda hairan ra मानसिक रूपमा तनाव भयो सर /mam samayojan ko list aauni kaile ho 3din ta huna lagisko???????

Leave a Reply

Your email address will not be published. Required fields are marked *