नयाँ कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुग्यो
एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढेको छ । शुक्रबारमात्रै थप ८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन बिहीबार ८६ जनाको मृत्यु भएको थियो ।
चिनियाँ स्वास्थ्य आयोगका अनुसार यो भाइरसबाट अहिलेसम्म चीनमा ८१३ जनाको ज्यान गएको छ । यो सन् २००२ – ००३ मा फैलिएको सार्स रोगबाट विश्वभर भएको मृत्युसंख्या बराबर हो ।
शुक्रबारको तुलनामा शनिबार नयाँ संक्रमण केही घटेको छ । शनिबार २ हजार ६५६ जनामा नयाँ संक्रमण भेटिएको छ । शुक्रबार यो संख्या ३ हजार ३८५ थियो ।
शनिबार पनि धेरै नयाँ संक्रमण र मृत्यु हुनेको संख्या हुवे प्रान्त नै रह्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



