कोरोना भाइरससंग जुधिरहेको चीनलाई नेपाले दियो एक लाख थान मास्क

292
Shares

काठमाडौँ, २४ माघ । नेपालले नयाँ कोरोना भाइरसको चपेटामा परेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय अनुसार मास्क सहयोग गरेको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक छिमेकीको नाताले साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् ।

उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि बताइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *