नेपाल चिकित्सक संघको निर्वाचन : मतगणना शुरु हुँदै

काठमाडौँ, २४ माघ । नेपाल चिकित्सक संघको २१ माघमा सम्पन्न निर्वाचनको मतगणना आजबाट शुरु हुने भएको छ । गत बुधबारबाट शुरु हुने भनिएपनि उम्मेद्धारबीच केही विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो ।

विहीबार दिउसो बसेको सर्वपक्षीय भेलाले आज विहानबाट मतगणना गर्ने निर्णय गरको छ ।

मतगणनास्थलमा रहेका कोषाध्यक्ष पदका एक जना उम्मेद्धार डा प्रकाश बुढाथोकीले मतगणना शुरु हुनेक्रममा रहेको बताए । ‘हामी सबै उम्मेद्धार मतगणना स्थल भित्र पसिसक्यौँ । अबको केही क्षणमै मतगणना कार्य शुरु हुनेछ । त्यसको प्रत्यक्ष प्रशारण राज्य टेलिभिजन र एनएमएको फेसबुक लाइभबाट समेत हुनेछ,’ उनले भने ।

संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ ७९ कार्यकाल)का लागि भएको निर्वाचनमा ६ हजार १५२ भोट खसेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *