नेपाल चिकित्सक संघको निर्वाचन : मतगणना शुरु हुँदै

288
Shares

काठमाडौँ, २४ माघ । नेपाल चिकित्सक संघको २१ माघमा सम्पन्न निर्वाचनको मतगणना आजबाट शुरु हुने भएको छ । गत बुधबारबाट शुरु हुने भनिएपनि उम्मेद्धारबीच केही विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो ।

विहीबार दिउसो बसेको सर्वपक्षीय भेलाले आज विहानबाट मतगणना गर्ने निर्णय गरको छ ।

मतगणनास्थलमा रहेका कोषाध्यक्ष पदका एक जना उम्मेद्धार डा प्रकाश बुढाथोकीले मतगणना शुरु हुनेक्रममा रहेको बताए । ‘हामी सबै उम्मेद्धार मतगणना स्थल भित्र पसिसक्यौँ । अबको केही क्षणमै मतगणना कार्य शुरु हुनेछ । त्यसको प्रत्यक्ष प्रशारण राज्य टेलिभिजन र एनएमएको फेसबुक लाइभबाट समेत हुनेछ,’ उनले भने ।

संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ ७९ कार्यकाल)का लागि भएको निर्वाचनमा ६ हजार १५२ भोट खसेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *