चिकित्सक संघको निर्वाचन : १० घण्टा ढिलो मतगणना शुरु

काठमाडौँ, २२ माघ । नेपाल चिकित्सक संघको हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु हुन लागेको छ ।नेपाल चिकित्सक संघको हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु हुन लागेको छ । तोकिएको समय भन्दा झण्डै १० घण्टा ढिलो मतगणना शुरु हुन लागेको हो ।

विहान ८ बजे देखि नै मतगणना हुने भनिएपनि दुई समूहका उम्मेद्धारबीच कुरा नमिलेपछि शुरु हुन सकेको थिएन ।

‘अब चाहि सहमति भयो । मतगणना शुरु हुँदैछ,’ पेशागत समावेशी समूहबाट अध्यक्षमा उठेका डा पुष्पमणि खरालले भने ।

उनका अनुसार तीन स्थानमा मतगणना हुनेछ । पहिले उपत्यका बाहिर र त्यसपछि उपत्यकाको गणना गर्ने तयारी भएको छ ।
संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( २०७६ – ७९ कार्यकाल)का लागि गत ४ र ५ माघमा उपत्यका बाहिर र १७ देखि २१ माघसम्म काठमाडौँ उपत्यका भित्र निर्वाचन भएको थियो । कुल ९ हजार ८८३ मतदाता भएपनि मतहाल्नेको संख्या भने ६ हजार १५२ ( ६२.२५ प्रतिशत) छ ।

यसपटक निर्वाचनमा डा खरालको पेशागत समावेशी समूह र डा लोचन कार्कीको लोकतान्त्रिक समूह भिडेका छन् । तर महासचिव पदमा भने स्वतन्त्र समूहबाट समेत उम्मेद्धारी परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *