चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

296
Shares
कोरोनाभाइरस अति प्रभावित क्षेत्र हुवेई प्रान्तमा एक जना स्वयंसेवक ड्रोनमार्फत किटनासक औषधि प्रयोग गर्दै

बेइजिङ । चीनमा नोभेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । बुधबार विहान चीनको स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार मंगलबार मात्रै थप ६५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुवेई प्रान्तका हुन् ।

आयोगका अनुसार मंगलबारसम्म संक्रमितको संख्या २४ हजार ३२४ पुगेको छ । आयोगले ९११ अस्पतालको उपचार पछि जना निको भएर घर फर्केको समेत उल्लेख गरेको छ ।

यो भाइरसबाट अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हंङकङमा गरी दुई जनाको मृत्यु भएको छ । यस्तै करीब दुई दर्जन देशमा २१२ जनामा संक्रमणको पुष्टि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *