चिकित्सक संघको निर्वाचन : चौथो दिन उपत्यकामा खस्यो ७५९ मत

काठमाडौँ, २० माघ । नेपाल चिकित्सक संघको उपत्यकामा जारी निर्वाचन अन्तरगर्त आज चौथो दिन ७ सय ५९ मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले सो जानकारी दिएका हुन् ।

यसअघि आइतबार (हिजो) तेस्रो दिन ८०७ मत, शनिबार (दोस्रो दिन) ८२८ मत र शुक्रबार (पहिलो दिन) ३३६ मत खसेको थियो । उपत्यका बाहिर भने गत ४ र ५ माघमै निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यकाबाहिर २ हजार ८५० मत खसेको थियो ।

उपत्यकाबाहिरको दुई दिन र उपत्यका भित्र चार दिन भएको मतदान प्रक्रियामा ५ हजार ५८० मत खसेको छ । मतदान मंगलबारसम्म चल्नेछ ।

सोमबार मतदान गर्न विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्मको तालिका रहेपनि लाइनमा बसेका मतदाताको पालो मिलाउँदा साढे ४ सम्म मतदान कार्य रहेको डा मरासिनीले बताए ।

नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा. पुष्पमणि खरालले नेतृत्व गरेको पेशागत समावेशी समूह मुख्य प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपाध्यक्षका लागि डा रक्षा श्रेष्ठ र डा शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्। रक्षा पेशागत समावेसी समूहबाट उम्मेद्धार हुन् भने शिब लोकतान्त्रिक समूहबाट । यस्तै उपाध्यक्षमा डा रन्जितकुमार झा र डा अनिलबिक्रम कार्की प्रतिस्पर्धामा छन् । झा पेशागत समूहका हुन् भने डा कार्की लोकतान्त्रिक समूहबाट उम्मेद्धार बनेका हुन् ।

महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। डा मधुर बस्नेत पेशागत समावेसी समूहबाट डा बद्री रिजाल लोकतान्त्रिक समूहबाट डा दीपेन्द्र पाण्डे र डा अजयकुमार मिश्र स्वतन्त्र उम्मेद्धारका रुपमा प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र डा सञ्जित कुमार साह मैदानमा छन्।

यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट डा शैलेन्द्र झा चुनावी मैदानमा छन्।

सहकोषाध्यक्षमा डा विश्वराज दवाडी र डा उदयनारायण सिंह मैदानमा छन् । दवाडी लोकतान्त्रिक र सिंह समावेशी समूहका हुन्।

समावेशी समूहबाट सदस्यहरुमा डा दीपक प्रसाद कोइराला, डा जगदीशचन्द्र विष्ट, डा लिजन महर्जन, डा राकेश कुमार साह, डा सुमन काफ्ले र डा त्रिभुवन चन्द्र झा रहेका छन्।

 

यस्तै लोकतान्त्रिक समूहबाट क्रमश डा विक्रान्त ढकाल, डा विपेश आचार्य, डा नन्दकुमारी गुरुङ, डा प्रमोद जोशी, डा रितेश थापा र डा सञ्जिव तिवारी रहेका छन्। यसैगरी डा अमित चतुर्वेदी र डा प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

सोमबार मतदान केन्द्रमा दुबै समूहका उम्मेद्धार र तिनका समर्थकहरु मतदानका लागि आएका चिकित्सकसंघ भोटमाग्ने प्रतिस्पर्धामा देखिन्थे। गेटमै दुई लाइन भएर बसेका उम्मेद्धारहरुले मतदाता अर्थात भोट हाल्न आएका चिकित्सकहरुलाई आफू र आफ्नो प्यानललाई मत हाल्न आग्रह गरेका थिए ।

मतदान केन्द्र बाहिर भने उम्मेद्धार र प्यानल समर्थकहरुले आफ्ना पक्षका चिकित्सकलाई भोट हाल्न आउनु भन्दै मोवाइलबाट आग्रह गरिरहेका थिए ।

प्रमुख निर्वाचन अधिकृत डा  मरासिनीले उपत्यकाको आज सम्मको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले मंगलबार मतदान सकिएपछि मतगणना शुरु गर्ने योजना रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *