चीनमा रहेका १८० जना नेपालीले भरे स्वदेश फर्कने फारम (सूचीसहित)

काठमाडौँ, १९ माघ । नयाँ कोरोनाभाइरस ग्रस्त चीनको हुवेई प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्कन फारम भरेका छन् । चीनस्थित नेपाली दुतावासले उपलव्ध गराएको फारम अनुसार उनीहरुले नेपाल आउन फारम भरेका हुन् ।

फारम भर्नेमा हुवे प्रान्तको वुहान शहरका ५९ जना, यिचाङबाट ५ जना, सियानबाट २८ जना यिन्सीबाट २९ जना, जिङमियानबाट ९ जना र जिङझोउबाट ५० जना रहेका छन् ।

चीनमा रहेको नेपाली दुतावासले हिजो मात्रै फारम उपलव्ध गराई स्वदेश फर्कन चाहने नेपालीका लागि आज विहान ९ बजेसम्मको अवधी तोकेको थियो ।

उताबाट संख्या एकीन भएपछि यताबाट एयरलिफ्टको तयारी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यता स्वास्थ्य मन्त्रालयले भने चीनबाट ल्याइने नेपालीहरुलाई दुई सातासम्म छुट्टै राख्न क्वारेन्टाइन तयार गर्नुपर्ने भन्दै उपयुक्त स्थानको खोजी गरेको छ । उसले विभिन्न स्थानको अवलोकन गरिसकेको भन्दै चाँडै नै निर्णयमा पुग्ने जनाएको छ ।

चीनस्थित नेपाली दुतावासले सार्वजनिक गरेको सूची यस्तो छ 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *