चिकित्सक संघ निर्वाचन : तेस्रो दिन खस्यो ८०७ मत (फोटो फिचर)

काठमाडौँ, १९ माघ । नेपाल चिकित्सक संघको उपत्यकामा जारी मतदानको आज तेस्रो दिन ८०७ मत खसेको छ । दोस्रो दिन हिजो ८२८ मत र पहिलो दिन अस्ती ३२६ मत खसेको थियो । आजको सहित तीन दिनमा उपत्यका भित्र १ हजार ९६१ मत खसेको छ ।

चिकित्सक संघका उपत्यकामा मात्रै साढे छ हजार बढी सदस्य छन् । तीन दिनमा करीब ३० प्रतिशत मात्रै भोट खसेको छ । मतदान कार्य भने मंगलबार अर्थात पर्सीसम्म चल्नेछ ।

उपत्यकाको मतदान केन्द्र संघको केन्द्रीय कार्यालयमा तोकिएको छ । हरेक दिन विहान ११ देखि अपरान्ह ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्धपी हिजो र आज तोकिएको समय भन्दा केहीपछि सम्म मतदान भएको थियो ।

यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ। उपत्यका बाहिर २८ सय ५० मत खसेको छ।

नयाँ कार्यसमितिका लागि डा. लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा. पुष्पमणि खरालले नेतृत्व गरेको पेशागत समावेशी समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्।

उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।

महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।

कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।

यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।

सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।

सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमशस् विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।

समावेशी समूहबाट सदस्यहरुमा क्रमश दीपक प्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।

यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

आइतबार मतदान केन्द्रमा दुबै समूहका उम्मेद्धार र तीनका समर्थकहरु मतदानका लागि आएका चिकित्सकसंघ भोटमाग्ने प्रतिस्पर्धामा थिए । गेटमै दुई लाइन भएर बसेका उम्मेद्धारहरुले मतदाता अर्थात भोट हाल्न आएका चिकित्सकहरुलाई आफू र आफ्नो प्यानललाई मत हाल्न आग्रह गरेका थिए ।

मतदान केन्द्र बाहिर भने उम्मेद्धार र प्यानल समर्थकहरुले आफ्ना पक्षका चिकित्सकलाई भोट हाल्न आउनु भन्दै मोवाइलबाट आग्रह गरिरहेका थिए ।

प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले उपत्यकाको आज सम्मको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले मंगलबार मतदान सकिएपछि मतगणना शुरु गर्ने योजना रहेको बताए ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *