नेपाल चिकित्सक संघको निर्वाचन : काठमाडौँ उपत्यकामा आजबाट मतदान

काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त दोस्रो चरणको मतदान कार्यक्रम आजबाट काठमाडौँ उपत्यका केन्द्रमा हुँदैछ । संघको केन्द्रीय कार्यालय परिसरमा राखिएको मतदान केन्द्रमा विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म मतदान हुने तालिका छ । र यो क्रम आगामी २१ माघ सम्म ( पाँच दिन) चल्नेछ ।

निर्वाचन कार्यक्रम यसपटक पनि दुई चरणमा बाँढिएको थियो । पहिलो चरणमा उपत्यका बाहिर र दोस्रो चरणमा काठमाडौँ उपत्यका । पहिलो चरण अर्थात उपत्यका बाहिरको मतदान गत ४ र ५ माघका दिन सम्पन्न भईसकेको छ ।

प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले तोकिएको समय भित्र आएर मतदान गर्न सबै मतदातालाई आवहान गरेका छन् । उनले मतदान केन्द्र केन्द्रीय कार्यालय परिसर र मतदाताको सवारी साधनको पार्किङ नजिकैको बाल्मिकी क्याम्पसमा व्यवस्था गरिएको समेत बताए ।

कुल १० हजार ६८५ मतदाता रहेको संघमा पहिलो चरणको मतदानमा उपत्यका बाहिर २ हजार ८५० भोट खसेको छ । अब बाँकी भोट आगामी पाँच दिनमा खसाल्नु पर्नेछ ।

यसपटकको निर्वाचनमा पनि मुख्यत लोकतान्त्रिक समूह र पेशागत समावेशी समूहबीच नै प्रतिस्पर्धा हुनेछ । केही पदमा भने स्वतन्त्र रुपमा उम्मेद्धार दिएकाहरु प्रतिस्पर्धामा उभिनेछन् । विजयी उम्मेद्धारहरुले तीन बर्षे कार्यकाल ( २०७६ – ७९) सम्हाल्नेछन् ।

निर्वाचनमा यी हुन् उम्मेद्धार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *