भारत र फिलिपिन्समा पनि देखियो कोरोनाभाइरसको संक्रमण

264
Shares

काठमाडौँ, १६ माघ । नयाँ कोरोनाभाइरस देखा परेको झण्डै एक महिना पछि भारत र फिलिपिन्समा पनि यसको संक्रमण देखा परेको छ । विहीबार भारतको केरला राज्यमा एक जना भारतीय जो चीनको वुहानमा पढेर आएका विद्यार्थी हुन् उनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यस्तै फिलिपिन्स पुगेकी एक जना चिनियाँ महिलामा पनि सो भाइरसको संक्रमण देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
उनीहरु दुबैलाई अहिले अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।

भारतमा चीन अध्ययनमा गएका विद्यार्थीका अभिभावकले आफ्ना सन्तानहरुलाई उद्धार गरि ल्याउन सरकारलाई दवाव दिएका छन् । तर सरकारी अधिकारीहरुले अहिले उद्धार गर्नु उपयुक्त नहुने बताएका छन् । उनीहरुले आवश्यकता परे भाइरस संक्रमण नभएका विद्यार्थीहरुलाई स्वदेश ल्याउन सकिने तर त्यो गर्नु पूर्व चिनिया अधिकारीहरुसंगको सल्लाह लिइने बताए ।

उनीहरुले चीनबाट उद्धार गरि ल्याएपनि १५ दिन बढी क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने तयारी भएको जानकारी दिएका छन् ।
यसैबीच विहीबार नै भियतनाममा तीनवटा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अष्ट्रेलियामा आज आठौँ केश भेटिएको छ ।

चीन सहित अन्य देशमा अहिलेसम्म ७ हजार ७ सय बढी केश भेटिएको र १७० जनाको मृत्यु भइसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *