‘चीनमा रहेका नेपालीसंग सरकार सम्पर्कमा छ’

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहान शहरमा थुप्रै नेपाली फसेको भन्ने खबर आइरहेको छ, यस विषयमा सरकारले के गरिरहेको छ ?

कोरोनाभाइरसको महामारी फैलिएपछि चीन र त्यसमा पनि विशेषगरी वुहान वुहान शहरमा रहेका नेपालीको विषयमा सरकार सम्वेदनशील भएको छ । हामीले चीनमा रहेको नेपाली दुतावासमार्फत त्यहाँ रहेका नेपालीसंग निरन्तर सम्पर्कमा रहेका छौँ । त्यहाँ रहेका नेपालीबीच वीच्याट ग्रुप बनाइएको छ खबर आदानप्रदान पनि भइरहेको छ । अहिलेसम्म सबै नेपाली सुरक्षित नै हुनुहुन्छ ।

वुहान शहरमा कति नेपाली रहेको भन्ने जानकारी छ ?
चीनस्थित नेपाली दुतावासले ९६ जना नेपाली सम्पर्कमा आएको बताएको छ । संख्या त्यो बाहेक केही बढी हुने अनुमान हाम्रो छ ।

कति देशहरुले आफ्ना नागरिकलाई उद्धार गरेको भन्ने खबर आएका छन्, नेपालले त्यसैगरी उद्धार गर्न सक्दैन् ?
हाम्रो सोच जहाँ रहुन सुरक्षित रहुन भन्ने हो । अहिले उहाँहरु जहाँ रहनु भएको छ त्यहाँ सुरक्षित ढंगले रहनु भएको छ । तर त्यहाँबाट ठूलोसंख्यामा बाहिरिदैँ गर्दा संक्रमणको जोखिम पनि रहने भयो । अर्को कुरा यहाँ अहिले प्रयाप्त आइसोलेसन वार्ड पनि छैन् । त्यो सबै बिचार गर्दा अहिलेलाई त्यहाँ नै सुरक्षित हुनुहुन्छ भन्ने हाम्रो निस्कर्ष हो ।

वुहान बाहेक चीनका अन्य शहरमा भएका नेपालीको बारेमा के सोच्दैछ मन्त्रालय ?
वुहान बढी प्रभावित क्षेत्र भयो । अन्यत्रको हकमा पनि मन्त्रालयले निरन्तर दुतावासमार्फत निगरानी राखिरहेको छ । हामीले सुरक्षित रहन र परेका समस्या भन्न भनेका छौँ । र त्यहाँ रहने नेपालीहरुले पनि हामीलाई निरन्तर जानकारी दिइराख्नु भएको छ ।

भनेपछि अहिले नै हवाईउद्धार गर्ने भन्ने योजना छैन ?

आवश्यकता परेमा त नगर्ने भन्ने छैन् । तर यो अरु जस्तो साधारण केश भएन । जे गर्दा नेपाली सुरक्षित हुन्छन् । त्यो गर्ने सरकारको कर्तव्य र दायित्व हो । हामीले परेमा हवाई उद्धार पनि गर्नेछौँ । तर अहिले नै त्यो योजना छैन । नेपाली दुतावासले भन्यो भने हामी त्यसतर्फ अघि बढ्छौँ ।

प्रस्तुति : रामप्रसाद न्यौपाने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *