कोरोना भाइरसको आशंका : टेकु अस्पतालको आइसोलेसन वार्डमा आज तीन जना भर्ना

काठमाडौँ, १५ माघ । कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शहीद शुक्रराज ट्रोपीकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा तीन जना नयाँ विरामी भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार तीन जना नै चीनमा अध्ययन गरी फर्केका विद्यार्थी हुन् । भर्ना गरिएकामा एक जना पुरुष र दुई जना महिला हुन् ।
‘शंकास्पद भनि आइसोलेसन वार्डमा भर्ना भएका दुई जना विरामीको रिपोर्ट नेगेटिभ आएपछि हिजो बेलुका नै डिस्चार्ज भएका थिए । तर बुधबार मध्यानबाट अपरान्हसम्म पुन तीन वटा केश आयो । र अहिले तीन जना आइसोलेसन वार्डमा हुनुहुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

कोरोना भाइरसको आशंकामा आजको तीन जना सहित अहिलेसम्म ८ जना आइसोलेसन वार्डमा भर्ना भए यद्धपी अहिलेसम्म १ जनामा मात्रै भाइरस पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *