चिकित्सक संघ निर्वाचन : मतदान केन्द्र बढाउँन र मतदान गर्ने दिन घटाउँन माग

काठमाडौँ, १५ माघ । नेपाल चिकित्सक संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको एउटा पक्ष पेशागत समावेशी समूहले काठमाडौँमा मतदान केन्द्र बढाउन र मतदान गर्ने दिन घटाउन माग गरेको छ । समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।

‘अहिले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा मात्रै भोटिङ हुने व्यवस्था गरिएको छ । तर हाम्रो माग भनेको धेरै भोट हुने अस्पताल र क्षेत्र छनौट गरी मतदान केन्द्र थप गरौँ भन्ने हो,’ पेशागत समावेशी समूहबाट अध्यक्षका प्रत्यासी डा पुष्पमणि खरालले भने । उनले मतदान केन्द्र बढाई पाँच दिन मतदान हुने प्रक्रियालाई घटाउन सकिने बताए । ‘जति धेरै दिन भयो, उति नै झन्झट हो । धेरै ठाँउमा मतदान स्थल राखेपछि भोट पनि बढी खस्छ । डाक्टरहरुलाई पनि झन्झट कम हुन्छ,’ उनले भने ।

उनले एनएमए झापा शाखाले मतदान केन्द्र थपेको नजिर रहेको भन्दै अहिले पनि केन्द्रले मतदान केन्द्र थप गर्न सक्ने बताए ।

सोही समूहबाट महासचिवका उम्मेद्धार बनेका डा मधुर बस्नेतले उपत्यका बाहिरको निर्वाचनमा विपक्षी समूहले धाँदलीको प्रयास गरेको भन्दै उपत्यकामा हुने निर्वाचनमा सचेत हुन निर्वाचन समितिको ध्यानाकर्षण गराए । उनले चिकित्सक संघमा देखिएको वेथिति अन्त्य गर्ने प्रतिवद्धता साथ आफूहरु चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिए ।

लाहान शाखामा कोषाध्यक्षका उम्मेद्धार डा संचितकुमार साहका आफ्नै बुबा मतदान अधिकृत भएको भन्दै बस्नेतले आपत्ति जनाए । ‘यो विषयमा हामीले निर्वाचन समितिलाई समेत जानकारी गराएका छौँ तर अहिलेसम्म यो विषयमा आलटाल गर्ने काम भएको छ । यो हाम्रा लागि सहिय छैन् ,’ उनले भने ।

पत्रकार सम्मेलनमा डा रमेश ढकाल, डा प्रदीप ज्ञवाली लगायतले बोलका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *