बरिष्ठ दन्त रोग विशेषज्ञ प्राडा निरज पन्तको निधन

काठमाडौँ, १४ माघ । बरिष्ठ दन्तरोग विशेषज्ञ प्राडा निरज पन्तको निधन भएको छ । ५१ बर्षीय प्राडा पन्तको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

प्राडा पन्तलाई गत विहीबार मस्तिस्क घात भएको थियो । तत्काल उनलाई मेडिसिटी पुर्याइएको थियो ।

शुक्रबार उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल नभएपछि शनिबार पुनः दोस्रो पटक शल्यक्रिया गरिएको थियो । तर सो शल्यक्रिया पनि सफल हुन सकेन ।

नेपाल मेडिकल कलेज जोरपाटीमा डेन्टल विभागका प्रवन्ध निर्देशक समेत रहेका डा पन्त नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *