बरिष्ठ दन्त रोग विशेषज्ञ प्राडा निरज पन्तको निधन

4.6k
Shares

काठमाडौँ, १४ माघ । बरिष्ठ दन्तरोग विशेषज्ञ प्राडा निरज पन्तको निधन भएको छ । ५१ बर्षीय प्राडा पन्तको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

प्राडा पन्तलाई गत विहीबार मस्तिस्क घात भएको थियो । तत्काल उनलाई मेडिसिटी पुर्याइएको थियो ।

शुक्रबार उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल नभएपछि शनिबार पुनः दोस्रो पटक शल्यक्रिया गरिएको थियो । तर सो शल्यक्रिया पनि सफल हुन सकेन ।

नेपाल मेडिकल कलेज जोरपाटीमा डेन्टल विभागका प्रवन्ध निर्देशक समेत रहेका डा पन्त नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *