टेकु अस्पतालमा कोरोनाको उपचार : एक जना डिस्चार्ज एक जना थपिए

328
Shares

काठमाडौँ, १४ माघ । कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना विरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन् गरी फर्किएका २५ बर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

‘उहाँ केही दिन अघि नै नेपाल फर्किएको हो । ज्वरो आउने र अरु केही लक्षण देखिएपछि आज विहान टेकु अस्पतालको आकस्मिक कक्षमा आउनु भएको थियो । हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेसन वार्डमा सारेका छौँ,’ उनले भने ।

टेकुको आइसोलेसन वार्डमा हिजोसम्म दुई जना बिरामी थिए । ती मध्ये विहानै एक जनाको डिस्चार्ज भएको थियो । परीक्षणको क्रममा अर्को एक जनाको पनि रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई पनि डिस्चार्ज गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले आइसोलेसन वार्डमा दुई तीन दिन अघि देखि रहेकी चिनियाँ प्राध्यापकको रिपोर्ट समेत नेगेटिभ आएको बताइन ।

रिपोर्ट नेटेटिभ आएपछि अस्पतालले बेलुकासम्म उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।

निर्देशक डा पाण्डेका अनुसार अहिलेसम्म नेपालमा १ जना (जो पहिले नै उपचार गरी डिस्चार्ज भइसकेका छन् ) मा मात्रै नयाँ कोरोना भाइरसको संक्रमण भएको बताए ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा अहिलेसम्म ६ जना विरामी भर्ना भएकामा चार जना डिस्चार्ज भईसकेका छन् । आज बेलुका सम्म थप एक जनाको पनि डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *