चिकित्सक संघको निर्वाचन : युवा र नयाँ नेतृत्व

  • डा.  सुमन काफ्ले

परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत हो । अझ भनौँ, तपाईंमा युवा शब्द सुन्दा एक किसिमको तरंग पैदा हुन्छ भने तपाईं युवा हो ।यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ ।

रसियाका महान मानवतावादी साहित्यकार लियो टोलस्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकको अन्तिम विवरणमा ’क्रान्ति विचारको उपज होइन, यो त युवाको परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवा वर्गमा समाज रूपान्तरण गर्ने कतिसम्म सामथ्र्य हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ ।

हामी युवालाई नै परिवर्तनको संवाहक मान्छौं, युवालाई नै समृद्धिको मेरुदण्ड मान्छौं, अनि फेरि तिनै युवाको पसिना बाहिर बेचेपछि कसरी सम्भव हुन्थ्यो त समृद्ध देशको परिकल्पना ? युवा आफै जागरुक र क्रियाशील भएमा त्यो राष्ट्र वा त्यो क्षेत्र विकास नभएको कुनै अपवाद छैन ।

आज पनि दैनिक हाम्रा युवा चिकित्सक साथीहरु विदेशीन बाध्य छन् । देशमा भएका अधिकांश युवा सजिलै देश छोडेर जान तयार हुन्छन् । विदेश बस्न पाउनुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । अहिले पनि कति चिकित्सकहरु USMLE/NBDE तयारी गर्दैछन त कति विदेशमै आफ्नो कर्मथलो बनाइसकेको अवस्था छ । कुनै समाज वा भनौं हाम्रै चिकित्सक पेशा रुपान्तरण गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ ।

तसर्थ, अब हरेक युवाले आफ्नो पेशाप्रतीको दायित्वलाई मनन गर्दै गुणस्तरीय स्वास्थ्य सेवाका लागि “#सुरक्षित_पेशा_खुशी_चिकित्सक” को अवधारणाका लागि अहोरात्र खटिनुपर्छ ।

चिकित्सकमा देशभित्र व्याप्त यस्तो निरासा र विदेश पलायन नै गौरव ठान्नुपर्ने बाध्यतालाई चिर्न सरकार, चिकित्सक संघ र सम्पूर्ण चिकित्सक जमात समेत गम्भीर भएर काम गर्न जरुरी छ । देशमै चिकित्सा पेशा सुरक्षित र आत्मनिर्भर र जीविकोपार्जनका लागि प्रयाप्त छ भन्ने महसुस गर्न सकिने परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी युवा चिकित्सक एकजुट हुन् आवश्यक छ । यिनै लक्ष्य प्राप्तिका लागि तपाईँहरुको साथमा रहेर संघर्ष गर्नका निमित्त म नेपाल चिकित्सक संघको सदस्यको पदका लागि चुनावमा होमिएको हुँ ।

चिकित्सकमा देशभित्र व्याप्त यस्तो निरासा र विदेश पलायन नै गौरव ठान्नुपर्ने बाध्यतालाई चिर्न सरकार, चिकित्सक संघ र सम्पूर्ण चिकित्सक जमात समेत गम्भीर भएर काम गर्न जरुरी छ ।

देशमै चिकित्सा पेशा सुरक्षित र आत्मनिर्भर र जीविकोपार्जनका लागि प्रयाप्त छ भन्ने महसुस गर्न सकिने परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी युवा चिकित्सक एकजुट हुन् आवश्यक छ । यिनै लक्ष्य प्राप्तिका लागि तपाईँहरुको साथमा रहेर संघर्ष गर्नका निमित्त म नेपाल चिकित्सक संघको सदस्यको पदका लागि चुनावमा होमिएको हुँ ।

हरेक युवाले विदेशीनुलाई गौरव ठान्ने मानसिकतालाई तोड्दै, सबैजनालाई चिकित्सक पेशाको समृद्धिको आभाष गराउँदै राष्ट्रिय मनोविज्ञानमा रहेको हीनताबोधको रोगलाई हटाएर समृद्ध नेपाल निर्माणका लागि समाजमा उदाहरणीय भूमिका खेल्नुपर्छ ।

त्यसकारण युवा वर्गले अव निराशामा होइन, आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनि मात्र सम्भव हुन्छ समृद्ध राष्ट्रको र हाम्रो खुशी चिकित्सकको परिकल्पना ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि “#सुरक्षित_पेशा_खुशी_चिकित्सक” को पूर्वसर्त भनेकै नयाँ सोच र ऊर्जाशील नेतृत्व हो । नेपाल अल्प विकसित देशको सूचीबाट सन् २०२२ सम्ममा विकासशील देशको सूचीमा पुग्नका लागि संघर्षरत छ । यो उद्देश्य प्राप्तिकै लागि पन्ध्रौं योजनाले “#समृद्ध_नेपाल_र_सुखी_नेपाली”को परिकल्पना गरेको छ ।

त्यस्तै हामीले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि  “#सुरक्षित_पेशा_खुशी_चिकित्सक” को अवधारणा सम्पूर्ण चिकित्सकहरुका सामू अगाडि सारेका छौं ।

आशा छ परिवर्तन हाम्रै पालामा हुनु पर्छ भन्ने सोच राख्ने सम्पूर्ण साथीहरुमा, नयाँ विचारको स्थापना हुनुपर्छ भनेर मान्यता राख्ने सम्पूर्ण चिकित्सक वर्गमा तपाईंहरुमाझ एक फरक किसिमको नेतृत्व स्थापनामा जुटेका छौं ।

हिजोका दिनमा हाम्रो आफ्नै संघप्रती देखिएको निराशामा आशा र भरोशा जघाउन लागि परेका छौं। परिवर्तित् सोच राख्ने ती सम्पूर्ण युवा चिकित्सक साथीहरु नयाँ सोच र विचारको नेतृत्व निर्माण गर्न एउटा उद्देश्य नै बोकी चिकित्सक संघ निर्वाचनमा होमिनेछन् भन्ने विश्वाश मैले राखेको छु । धन्यवाद ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *