त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानर जडान, सबै हवाई यात्रुको ज्वरो परीक्षण

काठमाडौँ, १२ माघ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थिल हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको सो मेसिन गत शुक्रबारबाट सञ्चालनमा आएको हो ।

मेसिन सञ्चालनमा आएसंगै अब अब त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको ईमिग्रेसनमा जानु अघि नै ज्वोरो नाप हुन्छ । यसअघि विमानस्थल स्थित हेल्थ डेस्कका कर्मचारीले चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका थिए ।

विमानस्थलस्थित हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले थर्मल स्क्यानर जडान भएर सञ्चालनमा आएसंगै अब कुनै पनि देशबाट आएका हवाई यात्रुको अटोमेटिक ज्वरो परीक्षण हुने बताए ।

‘कुनै पनि भाइरल इन्फेक्सनको प्रारम्भिक लक्षण भनेको ज्वरो आउनु हो । र हेल्ड डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै हवाई यात्रुको फेस अटोमेटिक रुपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्दछ । तर शुक्रबारबाट अहिलेसम्म एउटा पनि केश पोजेटिभ भेटिएको छैन,’ पाण्डेले भने ।

उनले हरेक हवाइ उडानले स्वस्थ यात्रु मात्रै चडाउने हुनाले पनि विरामी यात्रु कमै भेटिने बताए । ‘पहिलो कुरा प्लेनले विरामी यात्रु चडाउँदैन । स्वस्थ भएर चडेको तर यात्राकै क्रममा विरामी भयो र ज्वरो आयो भने यो स्क्यानरले काम गरिहाल्छ,’ उनले भने ।

यसअघि शनिबार समेत स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत सचिव खगराज बराल लगायतका स्वास्थ्यका उच्च अधिकारीहरु विमानस्थलस्थित हेल्थ डेस्कको निरीक्षणमा पुगेका थिए । उनीहरुले निरीक्षण पछि हेल्थ डेस्कको गतिविधिमा प्रसन्नता व्यक्त गरेको समेत पाण्डेले बताए ।

चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिईसकेको छ । अहिलेसम्म चीनमा मात्रै ५६ जनाको ज्यान गईसकेको छ भने २००० बढीमा संक्रमण भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *