डव्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४ औँ बैठक नेपालमा हुने

304
Shares

काठमाडौँ, ९ माघ । विश्व स्थास्थ्य संगठन (डव्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको ७४औं बैठक नेपालमा हुने भएको छ। सन् २०२१ को सेप्टेम्बरमा हुने बैठक आयोजनाका गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारसंग अनुमति मागेको थियो ।

‘गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ, सरकारका प्रवक्ता एवम् सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने ।

दक्षिणपूर्वी एसियाली क्षेत्रमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभस, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टे गरी ११ देश छन्। जसको क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ।

हरेक वर्ष विश्व स्वास्थ्य संगठनको जेनेभामा हुने महासभाको पूर्व तयारीका रुपमा यो बैठकलाई लिइन्छ।  सो बैठकले सन् २०२१ मा विश्व स्वास्थ्य संगठनको महासभाका लागि तयारी गर्नेछ।

त्यसबाहेक दक्षिणपूर्वी एसियाली क्षेत्रमा रहेका स्वास्थ्य समस्या, भइरहेका कार्यक्रमको समीक्षा, रणनीति निर्माण र आगामी दिनका कार्यक्रम योजनाबारे छलफल हुने गर्छ।

हरेक वर्षको सेप्टेम्बर २ देखि ७ तारिखसम्म हुने बैठकले अन्तिम दिन घोषणापत्र समेत जारी गर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *