डा. आशा सिंह एआईजीमा बढुवा, बनिन् प्रहरी अस्पतालको निर्देशक

काठमाडौँ, ८ माघ ।  डा. आशा सिंह नेपाल प्रहरीको प्राविधिक समूह (स्वास्थ्य उपसमूह) तर्फ रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा बढुवा भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यो संगै उनी नेपाल प्रहरी अस्पतालको कार्यकारी निर्देशक बनेकी छन् ।

गत १४ पुसमा बसेको गृहमन्त्रालयको बढुवा समितिले रिक्त एआईजी पदमा डा सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । त्यस विरुद्ध अर्का डीआईजी डा मिनराज पाठक उजुरी गरेका थिए । तर लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित उजुरी सुन्ने समितिले बढुवा समितिको निर्णयलाई सदर गरिदिएपछि मन्त्रिपरिषदले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि तीस बर्षे उमेर हदका कारण गत ४ पुसमा एआईजी डा दुर्गा थापाले अवकाश पाएकी थिइन । रिक्त एआईजी पदमा डा सिंह सहित डा पाठक र डा सुमनराजा श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *