कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : स्वास्थ्य मन्त्री ढकाल

588
Shares

बैतडी, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन् । मंगलबार बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहलाई सम्वोधन गर्ने क्रममा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको बताए ।

“स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, उनले भने, “समायोजन प्रक्रिया चाँडै टुङ्गिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन, त्यसका लागि सरकार लागिपरेको छ ।”

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताए ।

“सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ”, उनले भने, “नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउँछौँ ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *