स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

192
Shares


अमरगढी, ७ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिए । मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए ।

उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *